कानपुर ।भारतको उत्तर प्रदेश प्रहरीले कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेको प्रहरी कारबाहीमा मृत्यु भएको पुष्टि गरेको छ ।
उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले विकासलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो ।
दुर्घटनापछि विकासले हतियार खोसेर भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।
प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका थिए । विकासले घाइते रहेका प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए।
त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो । आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र गोली लागेर गम्भीर घाइते भएका विकासको मृत्यु भएको जनाइएको छ ।
