छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले छोटो दुरीको सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । ट्याक्सीहरू तुरून्त चल्न पाउने छन् भने ठूला सवारी साधन चलाउने केही समय लाग्ने छ ।

सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बिहीबार प्रेस ब्रिफिङका क्रममा सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने जानकारी दिएका छन् । बसमा आधा मात्रै यात्रु चढाउन पाइने भएकोले यात्रुले अहिलेकाे भन्दा ५० प्रतिशत भाडा बढी तिनुपर्नेछ ।

यसरी खुलेको सवारी साधनहरू जिल्लाभित्र मात्रै गुड्न पाउने छन् । काठमाडौंको हकमा उपत्यकाभित्रका तीनै जिल्लामा सवारीसाधन चल्न पाउने छन् । मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने तर चालकबाहेक २ जना मात्र यात्रु चढ्न पाउने जानकारी दिए ।

सरकारले तोकको मापदण्डअनुसार सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने एक दिनमा एक पटक बस निसंक्रमित पार्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *