मेलम्ची । सिन्धुपाल्चोकको बाह्रबिसे पहिरोमा घाइते भएका चार जनालाई काठमाडौँ ल्याइएको छ । तीमध्ये दुई जनाको हेम्स र २ जनाको कैलाश अस्पतालमा उपचार भइरहेको छ ।
कैलाश एयरको हेलिकोप्टरमा शुवेश तामाङ र सविता बस्नेत र माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० महिनाका बच्चालाई काठमाडौँ ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले बताए
बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको उनले जानकारी दिए ।
सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको थियाे । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो ।
सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।