आज पनि अलपत्र यात्रु ल्याउँदै सरकार

काठमाडौं । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को प्रभाव विश्वभर परिरहेको समयमा विभिन्न मुलुकले आफ्ना नागरिकहरुलाई स्वदेश लाने काम तिव्र पारेका छन् ।
नेपालले पनि विभिन्न मुलुकमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई धमाधम फिर्ता ल्याइरहेको छ । यसैक्रममा नेपाल सरकारले आफ्नो ध्वजावाहक जहाज तथा अन्य जहाज प्रयोग गरि आज विभिन्न मुलुकहरुबाट आफ्ना नागरिकहरुलाई ल्याउँदै छ ।

मलेसियाबाट नेपाल एयरवेयजको जहाज १५० यात्रु लिएर विहान ०६.३० मा आइपुग्ने छ भने दुवईबाट दिउँसो ४.४० मा आइपुग्ने नेपाल एयरवेज कै अर्को विमानले १५० यात्रु लिएर आउने छ । त्यसैगरी आवुधावीबाट आउने हिमालय एयरवेजको विमान १५० यात्रु लिएर विहान १०.२५ मा अवतरण हुने छ । चीनको थेनचिन शहरबाट आउने हिमालय एयरवेजको अर्को विमानले भने १०५ यात्रु लिएर दिउँसो १२.३० मा अवतरण गर्ने छ । कुवेतबाट १५४ यात्रु सहित नेपाल आउने जजीरा एयरवेजको विमान भने दिउँसो १.३० मा अवतरण हुने छ भने सारजाहाँ (युएई)बाट आउने एयर अरेबीयाको विमान १६८ यात्रु लिएर दिउँसो २.३० वजे अवतरण गर्ने छ ।

मलेसिया, दुवई, आवुधावी र चीनतर्फबाट आउने विमानले भने एकतर्फि यात्रु बोक्नेछन् भने कुवेत र सारजाहाँ (युएई)बाट आउने विमानले फर्कदा आफ्नो यात्रु पनि लिएर फर्कने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *