ओली–प्रचण्डबीचको आजको वान टु वान वार्ता सकियो, भाेलि फेरि बस्ने

काठमाडौँ । आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा आज भएको भेटवार्तामा विवाद टुंग्याउने गरी कुराकानी गर्ने भनिए पनि छलफलले खासै गति लिन नसकेको बताइएको छ ।

दुबै नेताबीच विवादका विषयमा खुलेर कुरा राख्ने काम मात्रै भयो, स्रोतले नेपाल समाजलाई भन्यो, बैठक भोलि फेरि बस्ने निर्णय भएको छ ।

नेकपा स्थायी कमिटीको आगामी बैठकमा दुबै अध्यक्षले विवादका सबै विषयहरुलाई टुंग्याउने गरी कस्तो खालको साझा धारणा बनाउने भन्ने विषयमा पनि शीर्ष नेताबीच विचारविमर्श भएको थियो ।

पार्टीमा बढेको गतिरोध अन्त्यका लागि केही दिनयता हरेक दिन जसो दुबै शीर्ष नेताबीच एक्लाएक्लै छलफल भइरहेको छ । आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार, मंगलबार र बुधबार भने एक्लाएक्लै छलफलमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *