काठमाडौँ । आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आजका लागि तय गरिएको भेटवार्ता भर्खर बालुवाटारमा सुरु भएको छ ।
पार्टीमा बढेको गतिरोध अन्त्यका लागि केही दिनयता हरेक दिन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छलफल भइरहेको छ । आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार र मंगलबार भने एक्लाएक्लै छलफलमा बसेका थिए ।