काठमाडौ । विश्व स्वास्थ्य संगठन नेपालको कर्मचारी भएको बताउदै विभिन्न व्यक्तिलाई ठगी गर्ने विजय पाण्डेलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीसंग एक वर्ष अघि देखि सम्पर्कमा रहेका पाण्डेले अहिले विश्व स्वास्थ्य संगठनबाट कर्मचारीको माग भएकोले आफुले जागिरमा लगाईदिने भन्दै १ लाख ८२ हजार रुपिया ठगी गरि फरार भएका थिए । उनी फरार भएपछि भण्डारीले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि प्रहरीले पाण्डेलाई बानेश्वरबाट पक्राउ गरेको थियो । पाण्डेले आफ्नो ठगी पेशालाई बिभिन्न आवरणमा प्रस्तुत गर्ने गरेका थिए ।
उनले शंखमुलमा फर्निचर व्यवसाय संचालन गर्दै आएका धनबहादुर बिष्टलाई बिश्वासमा पारेर ५० हजार ठगी गरी भागेका थिए ।
त्यस्तै पाण्डेले चितवनको भरतपुर बस्ने निसानवावु घिमिरेलाई विश्व स्वास्थ्य संगठनमा जागिर लगाईदिने भन्दै ३ लाख ५० हजार, नवरपरासीका धनबहादुर क्षेत्री, दीपक खनाल, मनाङका कासी गुरुङ, सरिता भण्डारी, रमा घिमिरेलाई समेत डब्लुएचओमा जागिर लगाइदिने भन्दै ठगी गरेको महाशाखाले जानकारी दिएको छ ।