युवाहरुको मागः कोरिया जान पाउ

काठमाडौं । ईपीएस परिक्षा पास गरेर उडानको पर्खाइमा रहेका युवाहरूले बुधबार प्रदर्शन गरेका छन् ।

उनीहरुले रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण मिलाउन माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरूले ‘कि रोजगारी दे, कि कोरिया पाठाई दे’ ‘गरौं भने नेपालमा जब छैन, कोरिया पठाउने सरकारको छाँटकाट छैन’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए ।

कोरियन भाषा परिक्षा (ईपीएस) पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरू कोरिया जान नपाएर रोकिएका छन् । दक्षिण कोरियाको उडान छिट्टै सुरु गरेर आफूहरूलाई छिटो कोरिया पठाउनुपर्ने माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *