काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आजको लागि पूर्वनिर्धारित स्थायी समितिको बैठक स्थगित भएको छ ।
नेकपामा आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको बेला पटक पटक स्थगित हुँदै आइरहेको स्थायी समितिको बैठक पर्सि शुक्रबार बस्ने गरि स्थगित गरिएकाे छ ।
पार्टीभित्रको गतिरोध अन्त्य गर्ने विषयमा दुबै अध्यक्षबीच हरेक दिनजसो भेटवार्ता हुँदै आएको छ । अध्यक्षद्वयले हिजोको बैठकमा आजको लागि पूर्वनिर्धारित स्थायी समितिको बैठक नसार्ने सहमति गरेका थिए ।