मुम्वई । भारतीय संबिधानका निर्माता डा. भीमराव अम्बेडरको घर अज्ञात ब्यक्तिले तोडफोड गरेका छन । अम्वेडकरको निवास राजगृहमा केही ब्यक्ति पसेर तोडफोड गरेको मुम्वई प्रहरीले जानकारी दिएको छ ।
तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले केही ब्यक्तिलाई पक्राउ गरेको छ । उक्त घटनाको महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले निन्दा गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याईने बताएका छन् ।
