सुन्दरी बन्न खोज्दा बाँदर्नी जस्तो देखिइन् ओलिभिया

लन्डन । अझै सुन्दर देखिने लोभमा वेलायतको ल्यान्कासायरको चोर्ली निवासी ओलिभिया म्याक्यान नामक एक सुन्दरीले आफ्नो ओंठको प्लाष्टिक सजरी गराउँदा झनै कुरुप देखिएपछि घर बाहिरै निस्कन छाडेकी छन् ।

उनले अहिले आफ्नो प्रेमीसंग भिडियो कल गर्न र काममा जानसमेत बन्द गरेकी छन् । २१ वर्षीया म्याक्यानको ओंठ अहिले बाँदरको थुतुनो जस्तै बाक्लो र भद्दा देखिएको छ । यस घटनाबाट महिलाहरुले कस्मेटिक उपचार गर्नु अघि निकै सोचविचार, अध्ययन र अनुसनधान गर्नुपर्ने देखिएको छ । निकै सुन्निएको जस्तो देखिने उनको नयाँ ओंठ हेर्दाहेर्दै प्याट फुट्लाजस्तो देखिन्छन् ।

उपचारको क्रममा बेस्सरी मसाज गरिएको कारण आफ्नो ओंठको त्यो हालत भएको उनले गुनासो गरेकी छन् । पेशाले एअर हाेस्टेज उनले कोरोना भाइरसको लकडाउन शुरु हुनु केही दिनअघि मात्र उपचार गराएकी थिइन् । भाग्यले उडानहरु बन्द गरिए पनि उनले दुई दिन बिदा लिनु परेको थियो । उनले सन् २०१८ को अप्रिलमा पहिलो पटक २ सय ३० पाउन्ड तिरेर ओंठ मिलाउन लगाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *