समुदायमा कोरोना सङ्क्रमण फैलिएको छैन : स्वास्थ्य सेवा विभाग

काठमाडौ । राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् ।

उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना विस्तार समुदायमा भने नपुगेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले दावी गरेका छन ।

काठमाडौँ उपत्यका लगायतका कुनै पनि क्षेत्रमा कोरोना भाइरस समुदाय स्तरमा नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट गरेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. पाण्डेले कोरोना समुदाय स्तरमा नफैलिएको बताएका छन । उनले ८७ प्रतिशत कोरोना सङ्क्रमित युवा रहेका र उनीहरू बाहिरबाट आएको जानकारी दिए ।

समुदायमा कोरोना देखिएको अवस्थामा पुरुषमा मात्र नभएर महिलामा पनि उही सङ्ख्यामा कोरोना देखिन्थ्यो, हालसम्म तीन प्रतिशत मात्र कतै नगएकोमा पोजेटिभ पाइएको डा. पाण्डेले जानकारी दिएकाे खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *