फरार अभियुक्तलाई सरकारी नियुक्ती, श्रमिकको हित गर्ने संस्थामा दलाल

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुलाई ढगी गर्दै विवादमा मुछिएका एक मेडिकल सञ्चालकलाई सरकारले कामदारको हित गर्ने सरकारी संस्थामा विज्ञको रुपमा नियुक्त गरेको छ । श्रमको लागि विदेश जाने गरिब नेपाली कामदारहरुलाई शोषण गरेको आरोपमा विभिन्न मुद्दा खेपेर गृह मन्त्रालयको फरार सूचिमा समेत रहेका कैलास खड्कालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादबले वैदेशिक रोजगार बोर्डमा सदस्यको रुपमा बिहीबार नियुक्त गरेका हुन् ।

वैदेशिक रोजगार ब्यवसायलाई प्रवद्र्धन गर्न, मर्यादित बनाउन र कामदार तथा रोजगार व्यवसायीको हकहित संरक्षण गर्नुु बोर्डको मुख्य उद्देश्य हो । तर यस्तो संस्थामा ठगीको आरोपीलाई मन्त्री यादवले विज्ञको रुपमा नियुक्ती गरी पुरस्कृत गरेपछि ब्यवसायीहरु आन्दोलित भएका छन् ।

मलेसिया जाने नेपाली कामदारमाथि अतिरिक्त आर्थिक भार थोपर्न नेपालमा वायोमेट्रिक प्रणाली भित्र्याउने मुख्य योजनाकारका रुपमा विवादित खड्काले स्वास्थ्य परीक्षणको नाममा लामो समयदेखि ठगी गर्दै आएका छन् । उनले बायोमेट्रिक प्रणाली नेपाल भित्र्याउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । बंगाली मुलका मलेसियन नागरिक अनमिनको नेपालमा सिण्डिकेट प्रणाली लागू गर्ने योजनालाई कार्यान्वयन गर्ने मुख्य नाइकेको रुपमा खड्का अझै पनि गृह मन्त्रालयको सूचिमा फरार अभियुक्त हुन् ।

खड्काको नियुक्तीलाई लिएर व्यवसायीहरु समेत रुष्ट बनेका छन् । कम्युनिस्ट सरकारको पालामा कांग्रेसनिकट खड्कालाई नियुक्त गरिएको भन्दै प्रगतिशील वैदेशिक रोजगार ब्यवसायी संघले मन्त्री यादवलाई भेटेरै चर्काे विरोध गरेका छन् । उनीहरुले तत्काल निर्णय सच्च्याउन मन्त्रीसँग माग पनि गरेका छन् ।

मलेसिया जाने गरिब नेपाललाई वायोमेट्रिक, भिएलएन, माइग्राम, वान स्टप सेन्टर, जिएसजीजस्ता पाइला पाइलामा ठगी गर्न सिण्डिकेट प्रणालीलाई स्वीकृत दिने पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ्गका खड्का व्यापारिक साझेदार हुन् । खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवा तथा पूर्व राज्यमन्त्री गुरुङ्गले संरक्षण दिइरहेको आरोप लाग्दै आइरहेको छ ।

त्यस्तै अर्का विज्ञ सदस्यको एसओएस मेनपावरका मालिक हिमबहादुर गुरुङ्गलाई नियुक्ती गरी सरकार निकट मानिएका प्रगतिशील व्यवसायीलाई मन्त्री यादबले लोप्पा ख्वाइदिएको गुनासो एक व्यवसायीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *