११ वर्षदेखि फरार कुख्यात बैठा पक्राउ

काठमाडौ । ११ वर्षदेखि फरार रहेका एक कुख्यात अपराधीलाई बारा प्रहरीले पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका १८ बस्ने तिकल भन्ने नन्दु बैठालाई प्रहरीले आज पक्राउ गरेको हो ।

बैठाले २०६६ साल बैशाख १७ गते बाराको तत्कालिन फेटा गाउँ बिकास समिति १ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक प्रदीपकुमार तिमिल्सिनालाई गोली हानी हत्या गरेका थिए । विद्यालयबाट घर जाँदै गरेका तिमिल्सिनालाई बैठासहित सुनिल जैसवाल, विजय पटेल र रामनारायण सहनी मिलेर गोली हानी हत्या गरेका थिए ।

यस अघि उक्त गोली काण्डमा सहभागी तीन जनालाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी कारवाही गरेको थियो भने बैठा चाहिँ फरार थिए । उक्त घटनापछि भारततिर भागेका बैठा लकडाउनको बेला नेपाल प्रवेश गरेको सुराकी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *