काठमाडौ । स्थानीय प्रशासनले काठमाडौँको सोल्टीस्थित पाँच तारे सोल्टी होटल सिल गरेको छ । नेपाल वायु सेवा निगमका पाइलट र क्रु मेम्वरमा कोरोना संक्रमण देखिएपछि उक्त होटल सिल गरिएको हो ।
निगमले उद्धार उडानमा संलग्न आफ्ना विमान कर्मचारीका लागि क्वारेन्टिनको रुपमा सोल्टी होटललाई प्रयोग गर्दै आइरहेको थियो ।
होटलको पाँचौं तलामा विभिन्न अन्तर्राष्ट्रिय उडानमा सहभागी ३ पाईलटसहित १४ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले होटल सिल गरेको हो । संक्रमितलाई होटलमै राख्ने कि अस्पतालमा लैजाने भन्ने विषयमा छलफल भइरहेको सोल्टी होटलका एक कर्मचारीले बताए ।