काठमाडौँ । काठमाडौं उपत्यकाका ३ जिल्लामा सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १० जना, काठमाडौंका २४ जना र ललिपुरका २० जना गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाे छ । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।