रौतहट । भारतले रौतहटको इशनाथ नगरपालिका १ बन्जरहामा निर्माण गरेको अस्थायी बाँध दशगजा क्षेत्र मिचेर बनाएको पाइएको छ ।
नेपाल भारतको संयुक्त नापी टोलीले जीपीएस प्रविधिबाट नापजाँच गर्दा भारतीय पक्षले दशगजा क्षेत्रको करिब दुई मिटर मिचेर बाँध बनाएको प्रमाणित भएको छ । दुवै देशको सर्वे टोलीको सहमतिमा पिलर नं । ३४६–५ देखि ३४६–७ सम्मको बीचको मोडमा ११ स्थानमा फलामे पाइप ३ फिट गहिरो कंक्रिट ढलानसहित मध्यविन्दु तोकिएको छ । यसरी तोकिएको मध्यविन्दु बाँधको उत्तरी फेदमा परेपछि भारतीय पक्षले दशजगा मिचेको प्रमाणित भएको हो ।
सिमा मिचेर बनाइएको पाइएपछी दशगजमा परेको बाँधका केही भाग दुवै देशका सुरक्षाकर्मीको समन्वयमा डोजर लगाएर हटाइएको छ । अतिक्रमण हटाउन भारतीय पक्षले सहमति गरेको बताइएको छ ।