नेपाल वायुसेवा निगमका ३ पाइलटसहित १४ कर्मचारीमा कोरोना

काठमाडौँ । नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ कर्मचारीमा कोरोना संक्रमण देखिएकाे छ । उद्धार उडानमा खटिएका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा निगमका कर्मचारीमा कोरोना भेटिएकोमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘संकटकालीन अवस्थामा उहाँहरुले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु। उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

एयरलाइन्सले पाइलटलगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि सोल्टी होटलमा राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *