नेकपा आन्तरिक विवादमा कांग्रेस तीनतिर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक कलह चुलिदै जाँदा त्यसलाई विश्लेषण गर्ने नेपाली कांग्रेसभित्र स्पष्टरुपमा तीनधार देखा परेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मध्यरात उनकै निवास बालुवाटारमा कांग्रेस सभापति देउवासँग झण्डै डेढ घण्टा भेटवार्ता गरेको कुरा सार्वजनिक भएपछि नेकपाप्रतिको दृष्टिकोणमा कांग्रेसका नेताहरु तीन समूहमा विभाजन भएका हुन् ।

सभापति देउवाले आफूसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने योजना रहेको आजको बैठकमा बताएका छन् । पार्टी फुटाएर आए ओलीलाई कांग्रेसले सहयोग गर्ने वचन भेटवार्ताका क्रममा ओलीलाई दिएको बताउँदै देउवाले केन्द्रिय समितिका सबै सदस्यहरुलाई एक ठाउँमा उभिन आग्रहसमेत गरेको बैठकका एक सहभागीले बताए । आज आइतबारै प्रधानमन्त्री ओलीको विशेष दूतका रुपमा नेता सुवास नेम्वाङसँग आफ्नै निवासमा भेटेको र सहकार्यका विषयमा आफ्नो वचवद्धता दोहर्याएको रहस्यसमेत बैठकमै उजार गरेका थिए ।

बैठकमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको आन्तरिक विवादमा कांग्रेसलाई नफसाउन देउवालाई सुझाव दिए । नेता पौडेलले यस्तो खेलमा नलाग्न देउवालाई आग्रह गर्दै बरु आफ्नै पार्टी कांग्रेसलाई अझ बलियो बनाउने दिशामा काम गर्न आग्रह गरे । कांग्रेसको आफ्नै अवस्था कमजोर भएको बेलामा अरुको पार्टीमा चलखेल गर्न उपयुक्त नभएको धारणा राखेका थिए ।


अर्का नेता कृष्णप्रसाद सिटौलाले भने नेकपा विभाजनको अवस्था आए प्रधानमन्त्री ओलीको सट्टा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्नुपर्ने कुरामा जोड दिए । ओलीको मलाई विश्वास लाग्दैन, सिटौलाले बैठकमा भने, त्यसको सट्टा प्रचण्डलाई साथमा लिएर अघि बढौँ ।

One thought on “नेकपा आन्तरिक विवादमा कांग्रेस तीनतिर

  1. Analysis report is okay.NC can not join Oli as a second force but with Prachanda/Nepal it can share as second force also.However NC shall not decide anything formally until NCP clears the position.

Leave a Reply

Your email address will not be published. Required fields are marked *