हाकिमले नै बैंक लुटेको आरोप

काठमाडौ‌ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको प्रणाली नै ह्याक गरी भ्रष्टाचार गरेको अभियोगमा नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बैंकमा जम्मा गर्नुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको, बैंकिङ प्रणालीमा प्रयोग गरिने व्यक्तिगत टेलर आइडी र अन्य प्राविधिक प्रणालीको दुरुपयोग गरी रु ५४ लाख ८४ हजार ४५ बराबरको रकम दुरुपयोग गरेको पाइएको छ ।

बैंकिङ कार्यालयको हिसाब अनाधिकृतरुपमा खर्च गरी सरकारी स्रोतको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आयोगले आरोपी कोइरालाले हानिनोक्सानी गरेकोले उक्त रकम असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *