नेकपा अध्यक्षद्वयको बैठक सकारात्मक, भाेलि बिहान फेरि बस्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा जारी वार्ता सकिएको छ । भोलि बिहान पुनः बस्ने गरी आजको बैठक सकिएको हो ।

दुबै शीर्ष नेताबीच उत्पन्न समस्या समाधानका उपायहरू भोलिको बैठकमा पेश गर्न नेताहरू विष्णु पौडेल, शंकर पोख्रेल, जनार्दन शर्मा र वर्षामान पुनलाई जिम्मेवारी दिइएको छ । भोलिलाई नै निर्धारित नेकपा स्थायी कमिटीको बैठकअगाडि पुनः अध्यक्षद्वयबीच वार्ता गर्ने तय भएको छ ।


आज झण्डै दुई घण्टासम्म चलेको बैठकमा पछिल्ला समय सतहमा आएका सबै विषयबारे छलफल भएको थियो । पार्टीभित्र प्रधानमन्त्रीको राजीनाम मागसहित विवाद चर्किएका बेला दुई अध्यक्षले सहयोगी नेताहरुसहित वार्ता गरेका हुन् । उक्त वार्तामा शीर्ष नेताका साथमा प्रधानमन्त्री ओलीका तर्फबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डका तर्फबाट नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *