बालुवाटार बैठकपछि ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिकरूपमा बोलाइएको मन्त्रीहरूको बैठक सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक घटनाक्रमको विषयमा जानकारी गराउँदै जस्ताेसुकै परिस्थितिको सामना गर्न मन्त्रीहरूलाई आव्हान गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफुले उठाउने कदमको समर्थन र सहयोग गर्न आग्रह गरेका थिए । करिब दुई घण्टा लामो बैठकमा एकोहोरो निर्देशन सुनेपछि बैठकको अन्त्यमा केही मन्त्रीहरूले पार्टीभित्रको बिवादलाई समाधान गरी एकतालाई बलियो बनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । तर पार्टी फुट्न सक्नेसम्मको आशय व्यक्त गर्दै उनले बैठकमा राष्ट्रपतिमाथि लाग्न सक्ने महाअभियोग टार्न सदन स्थगन गर्नुपरेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *