प्रचण्डसँगको भेट रद्द गरेर प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट रद्द गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । नेकपा अध्यक्षद्वयको साँझ पाँच बजे भेट गर्ने कार्यक्रम तय गरिएको थियो । उक्त भेट भोलि बिहानलाई सारिएको थियो ।

त्यसैगरि प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् । वर्तामान राजनीतिक अवस्थाको बारेमा “बिफिङ” गर्नको लागि बालुवाटार बोलाइएको एक मन्त्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *