बझाङकाे पहिरोमा १७ घर पुरिए, चारको शव निकालियाे


बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । पहिरोमा परेकामध्ये चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । अन्य तीन बेपत्ता छ्न् । अविरल वर्षापछि शुक्रबार राति १२ बजेतिर पहिरो आएको हो ।

गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले जानकारी दिएअनुसार ११ वर्षीया सुन्ता जेठारा, सात वर्षीया अस्मिता जेठारा, ११ वर्षीय प्रयागराज जेठारा र ८० वर्षीय दले जेठाराको शव भेटिएको छ । बेपत्ता भएकाहरुमा २० वर्षीय जिरजा जेठारा, ४४ वर्षीया रामदेवी जेठारा र सात वर्षीया शान्ता जेठारा रहेको उनले घटनास्थलबाट जानकारी दिए ।

बेपत्ता रामदेवी जेठारा र मृत भेटिएका छोरा प्रयागराजसहित छोरी अस्मिता हुन् भने शान्ता बेपत्ता छिन् । पुरिएका घरको पशु चौपायसहित अन्य खाद्यान्न, धन सम्पत्ति पनि क्षति भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *