नेकपा स्थायी समिति बैठक स्थगित, सोमबार पुनः बस्ने

काठमाडौँ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला आज शनिबारका लागि पूर्व निधारित नेकपाको स्थायी कमिटी बैठक पुनः सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् ।

‘सहमतिको प्रयत्न गर्न दुई अध्यक्षबीच टेलिफोनमा संवाद गरी स्थायी समितिको बैठक दुई दिन स्थगित गर्नुभएको हो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । दुवै अध्यक्षबीच सहमति भएपछि महासचिव विष्णु पौडेलले स्थायी समिति सदस्यहरुलाई बैठक स्थगित भएको सूचना पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *