स्पेनका नेपालीहरुले गायिका सुनिता दुलालमार्फत आर्थिक सहयोग गरे

मेड्रिड (स्पेन) । स्पेनको मेड्रिडस्थित साहारा ईन्टरटेन्टमेन्टको संयोजकत्वमा करिब ५६ हजार नेपाल रुपियाँ संकलन गरी नेपाल पठाइएको छ । ईन्टरटेन्टमेन्टका प्रबन्ध निर्देशक मेघनाथ ढकालको संयोजकत्वमा उत्तर राई, दिनेश गिरी, कमलराज लामिछाने, जीवन प्रसाई ,हरीप्रसाद सापकोटा, सुजिल गोले, दीपेन्द्र गजुरेल, तुलसी गुरूङ्ग, सुन्दर गुरूङ्ग, पन्चमान महर्जन, भूपेन्द्र मास्के र एकराज गिरीले उक्त रकम गायिका सुनिता दुलालमार्फत नेपाल पठाएका हुन् ।

दुलाले उक्त रकममध्ये केही दोहोरी गीत प्रतिष्ठान नेपाल कोभिड १९ आकस्मिक सहयोग समिति र नेपाल संगीतकर्मी संघ नेपाल कोभिड आकस्मिक सहयोग समितिमा जम्मा गरेकी छन् । त्यसैगरी आर्थिक अभाव खेपिरहेकी थापाथलीस्थित प्रशुतीगृहमा उपचाररत चलचित्र प्राविधिक शिव सिग्देलकी धर्मपत्नी, कान्ति बाल अस्पतालमा उपचाररत ब्लड क्यान्सर पिडित रोशनी त्रिपाठी र किड्नीको क्यान्सर पिडित ११ महिने शिशु दिष्णा पण्डितको परिवालाई समेत उपलब्ध गराइएको गायिका सुनिता दुलाललाई उद्धृत गर्दै संयोजक ढकालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *