अकूत सम्पत्ति कमाएको आरोपमा इञ्जिनीयरविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इञ्जिनीयर भरतराज आचार्यविरुद्ध आज शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभागमा लामो समय सेवा गरेका आचार्यले गैरकानुनी तरिकाले ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपियाँ बराबरको सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको सन्दर्भमा परेको उजुरीमाथि छानबिन गर्दा अकूत सम्पत्ति आर्जन गरेको पाइएको हो ।

सार्वजनिक सेवामा प्रवेश भएपछि आचार्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद गरेको, घर निर्माण, सवारी साधन खरिदलगायतमा खर्च गरेको पाइएको आयोगले जनाएको छ । उनी सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *