माइतीघर मण्डलामा पत्रकारको विरोध कार्यक्रम

काठमाडौँ । कोरोना भाइरस संक्रमणको बाहानामा आर्थिक संकट देखाउँदै श्रमजिवी पत्रकारहरुलाई निकालिएको बिरोधमा माइतीघर मण्डलाई विरोधको कार्यक्रम आयोजना गरिएको छ ।

सञ्चारगृहबाट पत्रकारहरु निकालिएको विरोधमा नेपाल पत्रकार महासंघले आयोजना गर्दै आइरहेको चरणवद्ध आन्दोलनको सिलशिलामा आज माइतीघर मण्डलाई विरोध कार्यक्रम गरिएको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर दवाडी, क्रान्तिकारी पत्रकार महासंघकी सिर्जना तिमिल्सिनालगायतका पत्रकार नेताहरुले कामबाट निकालिएका पत्रकारहरुलाई पुनर्वाहली नगरे महासंघ त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न पछि नहट्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *