शुक्रबार थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २५९ पुग्यो

काठमाडौँ । शुक्रबार ७ सय ४० जना कोरोना भाइरस संक्रमणका नयाँ बिरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार थप ७ सय ४० जनामा संक्रमण देखिएको हो ।

दैनिक संक्रमितको संख्यामध्ये आज हालसम्मकै सबैभन्दा बढी हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । ७७ वटै जिल्लामा कोरोना को संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *