ओली–प्रचण्डबीच तीन घण्टा छलफल, भोलि फेरि वार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको चरम विवाद मिलाउने प्रयासस्वरुप अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता विना निश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टासम्मको छलफल निश्कर्षमा पुग्न नसकेपछि बैठक भोलि फेरि बस्ने गरी टुंग्याइएको हो ।

यद्यपि बैठकमा दुबै अध्यक्षबीच एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको बताइएको छ । बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ । ‘छलफल सौहार्दपूर्ण र खुलेर, भयोु, बैठकमा सहभागी स्थायी समिति सदस्य जनार्दन शर्माले भने, ‘फेरि अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको छ ।’

अध्यक्ष प्रचण्ड अपराह्न साढे ११ बजे बालुवाटार पुगेपछि दुबै अध्यक्षबीच एकाएक्लै छलफल गरेका थिए । केही समयपछि बैठकमा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *