नेकपा अध्यक्षद्वय बीचको वार्ता बालुवाटारमा सुरू

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेलामा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु भएको छ ।

शुक्रबार बिहान साढे नौ बजेको लागि तय गरिएको बैठक दुई घण्टापछि सारिएको थियो । बैठकका लागि अध्यक्ष प्रचण्ड साढे ११ बजे नै बालुवाटार छिरिसकेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको मागसहित सत्तारुढ नेकपामा जारी विवाद चर्किंर्द गएपछि पार्टीका शीर्ष नेताहरुबीच सहमति जुटाउने प्रयासस्वरूप वार्ता सुरु भएको हो ।

नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले अध्यक्षद्वयबीच छलफल गराउन लागेको बताइएको छ । तत्कालिन नेकपा–एमाले र माओवादी केन्द्रबीच एकता गर्दा पनि महत्वपूर्ण भुमिका खेलेका पौडेल र शर्मा शुक्रबार बिहानैदेखि सक्रिय भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *