कञ्चनपुर् । मदिरा सेवन गरी स्थानीय एक महिलालाई दुरव्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई प्रहरीले पक्राउ गरेको छ । ब्रह्मदेव बजारमा बिहीबार राति मदिरा सेवन गरी महिलामाथि दुरव्यवहार गरेको आरोपमा वडाध्यक्ष रामनाथलाई लगाइएको छ ।
ब्रह्मदेव प्रहरी चौकीका अनुसार मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात गरेकोले निजलाई पक्राउ गरिएको जनाइएको छ । वडाध्यक्ष रामनाथलाई राति नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएका छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाका अनुसार निज वडाध्यक्ष रामनाथले महिलामाथि दुर्व्यवहार गरेको भन्ने स्थानीयवासीको उजुरीको आधारमा पक्राउ गरिएको र थप अनुसन्धान भैरहेको जानकारी दिए ।