तम्घास । गुल्मीको ईस्मा गाउँपालिकाको हस्तिचौर पहिरोमा परी एक जना मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । पहिरोमा परी एक जना घाइते भएको जनाइएको छ ।
पहिरोलको कारण दर्जनौं घर जोखिममा परेका छन् । भारी वर्षा परेकाले उद्वारमा समेत कठिनाई उत्पन्न भएको छ । पहिरोले सडक समेत अबरोध हुन पुगेको छ । सडक अबरोध भएपछि घाइतेको समेत उद्धार गर्न नसकिएको क्षतिको बिवरण नआएको गुल्मी प्रहरीले जनाएको छ ।