काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले “इनफ इनफ”का अनसनकारीहरूलाई भेट गरी अनसन तोड्न आग्रह गरेका छन् । बिहीबार साँझ ह्याम्स अस्पतालमा पुगेर सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको बताउँदै उनले अनसन तोड्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले सरकारको ध्यानाकर्षण भएकाले अनसन जारी राख्नु नपर्ने पनि उल्लेख गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।
कोभिड–१९ संक्रमणको प्रभावकारी र पारदर्शीरुपमा नियन्त्रण गर्नुपर्ने माग राख्दै पुकार बम, इशान (ई), सुदन गुरुङ र सुबानी सिजापती शुक्रबारदेखि ललितपुरको पाटन कृष्णमन्दिर नजिकै अनसनमा बसेका थिए । स्वास्थ्य अवस्था कमजोर भएपछि आजै (बिहीवार) उनीहरुलाई अस्पताल लगिएको थियो ।
