बिहिबार, १८ असार, काठमाडौँ । बिहिबार ४७३ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहिबार थप ४७३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६३४ जनाले कोरोना जितेर घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या ५ हजार २ सय ९० जना पुगेका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ जना पुगेको छ । ७७ वटै जिल्लामा कोरोना को संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।