प्रचण्ड पनि पुगे शीतल निवास

काठमाडौं । संसद अधिवेशन अन्त्य भएलगत्तै सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको डेढ घण्टा नबित्दै सरकारको सिफारिस कार्यान्वयन गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रचण्डले भेटवार्ता गरेका हुन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । भेटवार्तमा विकसित राजनीतिक घटनाक्रम र त्यसको निकासबारे दाहालले छलफल गरेको बताइएको छ ।

यसअघि पार्टीका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *