पुनः बस्ने गरि नेकपा स्थायी समितिको बैठक स्थगित

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषदको बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेपछि स्थायी समिति बैठक प्रभावित भएको बताइएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली बैठकमा नआएपछि अध्यक्ष प्रचण्डले बैठक सुरु गरेका थिए । बैठक सुरु भएको केही समयसम्म पनि प्रधानमन्त्री ओली बैठकमा नआएपछि बैठक केहीबेरका लागि स्थगित गरिएको हो ।

बैठक अपराह्न साढे २ बजे बस्ने बताइएको छ ।अहिले अध्यक्षद्वय र शीर्ष नेताहरुबीच बैठक चलिरहेकाे छ । अन्य स्थायी समितिका सदस्यहरु भने बैठक हलमा कुरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *