आकस्मिकरुपमा संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौ । मन्त्रिपरिषद्काे बैठकले आकस्मिकरुपमा संसदको चालू वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आजै साँझ ५ बजे अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रीपरिषद्को सिफारिसअनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रिपरिषद् बैठक राखी उक्त निर्णय गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *