प्रचण्ड निवासको बैठक सकियाे

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले पार्टी एकता बचाउनुपर्नेमा केन्द्रित रहेको नेताहरुले बताएको छन् । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग आफ्नै निवासमा छलफल गरेका हुन् ।

बैठकमा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा छलफल भएको एक स्थायी समिति सदस्यले जनार्दन शर्माले बताए । बैठकपछि उनले सबै सहभागीहरुले पार्टी विभाजन गर्न दिनुहुँदैन भन्नेमा एकमत राखेको र त्यसका लागि थप छलफल गर्न आवश्यकत रहेकाे कुरामा जोड दिएको जानकारी दिए ।

छलफलमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ग, महासचिव विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेललगायत ओली पक्षका नेता सहभागी थिए । त्यस्तै प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल र नेपाल समुहका सुरेन्द्र पाण्डेलगायतका नेता सहभागी भएका थिए ।

स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेपछि दुवै पक्षले छलफललाई तीव्र पारेका हुन् । नेकपाको स्थायी समिति बैठक आजै बालुवाटारमा बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *