प्रचण्ड निवास खुमालटारमा बैठक सुरू, विवाद वारपार गर्ने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्किएको विवाद समाधानका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा बोलाएको बैठक भर्खर सुरु भएको छ ।

बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक पार्टी स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । नेकपा बढ्दै गइरहेको आन्तरिक विवाद सुल्झाउनका लागि बैठकमा दुबै पक्षका नेताहरूसँग सुझाव मागिने बताइएको छ ।

प्रधामन्त्री ओली पक्षधरका स्थायी कमिटीका सदस्यहरूको धारणा बुझ्ने मुख्य उद्देश्य रहेको बैठकमा सहभागी हुन पुगेका एक नेताले बताएका छन् । छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *