काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र विकसित गुटबन्दी र बिवाद चरम उत्कर्समा पुगेको छ । पार्टी भित्र आ–आफ्ना गुटगत भेला आज दिनभरि भएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको बिहान बालुवाटारमा बैठक भएको थियो भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधब कुमार नेपाल समुहको झम्सिखेलमा केहीबेर अघि बैठक सकिएको छ ।
झम्सिखेलको बैठकमा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नेपाल, अर्का बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम लगाएत ३१ जना स्थायी कमिटी सदस्यको उपस्थिति रहेको थियो । ओली निकट मानिएका राम बहादुर थापाको बैठकमा उपस्थिति रहेक थिए । तर नेपाल नजिक मानिएका नेता योगेश भट्टराई भने बैठकमा उपस्थिति नभएको एक सहभागीले बताएका छन् ।