कोलम्वो । कोरोनाभाइरस महामारीका कारण मृत्यु भएका मुस्लिमको इस्लामिक परम्पराविपरीत दाहसंस्कार गर्न बाध्य पारेको आरोप श्रीलङ्काको मुस्लिम समुदायले लगाएको छ ।
श्रीलङ्काको राजधानी कोलम्बोमा गत मे ४ मा ४४ वर्षीया फातिमा रिनोजालाई कोभिड–१९ भएको आशङ्कामा अस्पताल भर्ना गरियो । उपचारकै क्रममा फातिमाको मृत्यु भयो ।
कोभिड–१९ का कारण मृत्यु भएकाले परिवारलाई शव दिन नमिल्ने बताइयो । उल्टै शवको दाहसंस्कार गर्ने सहमतिका लागि परिवारलाई कागजपत्रमा बलपूर्वक हस्ताक्षर गराइएको थियो ।
उनलाई कोरोनाभाइरस भएको भए किन शरीरको अङ्ग छुट्याउनुपर्यो शाफिकको भनाई रहेको छ। तर इस्लाममा शव जलाउन वर्जित छ।
अधिकारीहरूले आफूहरूलाई शव जलाउन बाध्य पारेको श्रीलङ्काका मुस्लिमहरूको दाबी छ।
बहुसङ्ख्यक सिन्हाला समुदायले आफूहरूलाई तर्साउन अहिले पनि भेदभाव गरेको मुस्लिम समुदायको दाबी छ। उक्त घटनापछि आफूहरूसँग नराम्रो व्यवहार भएको श्रीलङ्काली मुस्लिम समुदायले आरोप लगाएको छ।
श्रीलङ्कामा कोभिड–१९ का कारण मुस्लिम समुदायका अर्का एक सदस्यको पनि मार्च ३१ मा मृत्यु भएको थियो ।
हाल सम्म श्रीलंकामा कुल ११ जनाको मृत्यु भएको भए पनि सञ्चारमाध्यमले मुस्लिम समुदायले रोग फैलाएको आरोप लगाएका छन् ।
सरुवारोग हेर्ने सरकारी निकायका प्रमुख डा. सुगत समरवीरका अनुसार कोभिड–१९ भएर मृत्यु भएका वा त्यसको आशङ्का भएका सबै मृतकको दाहसंस्कार गर्ने सरकारको नीति भएको वताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका १ सय ८२ सदस्यराष्ट्रमध्ये मुस्लिम समुदायका मानिसको शवलाई नगाडेर दाहसंस्कार गरिने श्रीलङ्का एक मात्र देश भएको पूर्वमन्त्री अलि जाहिर मौलानको दाबी रहेको बीबीसी जनाएको छ ।