माेबाइल टिप्न जाँदा पोर्चुगलमा नेपालीकाे ज्यान गयाे

लिस्नवाेन । पोर्चुगलको राजाधानी लिस्नवाेनबाट करिब दुई साताअगाडि बेपत्ता सिद्धान्त गुरुङ मृत अवस्थामा फेला परेका छन् । जुन १७ तारिखका दिनदेखि हराइरहेका उनी मृत अवस्थामा भेटिएको स्थानीय पत्रकार राजकुमार थापाले जानकारी दिए । हाल उनको शव पोस्टमार्टमका लागि पोर्चुगलको मार्तिमुनिजमास्थित साओ जोसे हस्पिटलमा राखिएको प्रहरीलाई उद्धृत गर्दै थापाले बताए ।

अदालती प्रकृया पुरा गरेपश्चात उनको लिस्बोनमा नै दाहसंस्कार गरिने एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष कमलमान गुरुङले आफ्नो फेसबुक वालमार्फत् जनाएका छन् ।

प्राप्त जानकारीअनुसार जुन १७ तारिखका दिन राति करिब साढे १० बजे लिस्वाेनको ओरियन्तको नदीमा खसेको मोबाईल झिक्न उनी ज्याकेट खोलेर नदीमा हाम्फालेका थिए । प्रत्यक्षदर्शीले प्रहरीलाई खवर गरेपछि उद्धार गरेर बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो ।

सोही दिन साँझ साढे ६ बजे आफ्नै घरबाट नियमित ब्यायामको लागि निस्केका उनी आठ दिनपछि मृत अवस्थामा फेला परेको जानकारी प्रहरीले उनको परिवारलाई दिएको थियो ।
मध्यरातसम्म घर नफर्किएपछि उनको परिवारले आफन्त र सिद्धान्तका साथीभाइसँग सोधपुछ गरेका थिए । त्यसपछि परिवारले प्रहरी र स्थानीय वडा कार्यालयमा उनी हराएको सूचना दिएका थिए । उनको अवस्थाको बारेमा कुनै खबर नपाएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा सिद्धान्त हराएको सूचना दिनुपरेकाे थियाे । संचारमाध्यमको सूचनाको आधारमा घटनाको आठौँ दिनमा पोर्चुगल प्रहरीले उनी मृत अवस्थामा फेला परेको जानकारी परिवारलाइ दिएको हाे ।

पोखरा बुद्धचोक स्थायी घर भएका गुरुङ दूई वर्षदेखि पोर्चुगलको राजधानी लिस्वाेनमा आफ्ना आमाबुबासँग बसोबास गर्दै आईरहेका थिए । त्यहाँ उनी कक्षा ११ मा पढ्दै थिए ।

सन् २०१०देखि हालसम्म पोर्चुगलमा विभिन्न कारणले ३७ नेपालीहरुले ज्यान गुमाई सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *