१७ असार, काठमाडौँ । बुधबार काठमाडौँ उपत्यकामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौँका १० जना, भक्तपुरका २ जना र ललितपुरका ५ जना जनामा कोरोना संक्रमण देखिएको हो । यसका साथै आज एकैदिन ४ सय ८२ जना कोरोना भाइरस संक्रमणका नयाँ बिरामीहरु भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
उपत्यकामा बढ्दै कोरोना विरामी
