प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बुधवार अपराह्न शहीद गंगालाल हृदयरोग केन्द्र (मुटु अस्पताल) बाँसवारी पुगेका छन् । इसीजी र इकोको परीक्षणको लागि प्रधानमन्त्री ओली अस्पताल आएको अस्पताल स्रोतले बताएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको अस्पताल जाने योजना पहिले नै तय भएको र परीक्षणपछि निवास फर्किसकेकाे जानकारी दिएका छन् ।

प्रधामन्त्री ओलीको गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *