स्थायी समिति बैठक बीचमै स्थगितः ओली प्रचण्ड भेटवार्ता आजै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक संचानल भएको केही समयपछि नै स्थगित भएको छ । बैठकमा पाँच जना सदस्यहरुले बोलेलगत्तै बैठक स्थगित गरिएकाे हो ।

संसदको बैठकका कारण स्थायी समितिकाे बैठक स्थगित भएको भनिए तापनि शीर्ष नेताहरुबीच एकआपसमा वार्ता गर्ने गरि बैठक स्थगित भएको हो । संसदको बैठक सकिएलगत्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्रडबीच आजै वार्ता हुने भएको छ ।

अध्यक्षद्वयकाे वार्तामा पछिल्लाे समयमा विकशित पार्टीभित्रको अन्तरकलहको बारेमा छलफल हुने बताइएको छ । अध्यक्षद्वयको वार्तापछि अन्य शीर्ष नेताहरुबीचमा पनि छलफल हुने स्राेतले जनाएको छ ।

आजको स्थायी समितिकाे बैठकमा बोल्ने अधिकांश सदस्यहरुले नेतृत्वको आलोचना गर्दै जनादेशको ख्याल गर्न आग्रह गरेका थिए । योगेश भट्टराई, लीलामणि पोखरेल, मात्रिका यादव, पेशल खतिवडा र नन्दकुमार प्रसाईले बाेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *