काठमाडौं । बालात्कारको अभियोगमा पक्राउ परेका एक जना अभियुक्त झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । पक्राउ परेका ती अभियुक्त महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा मृत फेला परेका हुन ।
सिराहा घर भइ हाल कोटेश्वर बस्ने दुर्गेश यादव झुण्डिएको अवस्थामा भेटिएको उनी जबरजस्ती करणी सम्बन्धी कसूरमा १३ असारमा पक्राउ परेका थिए ।
परिसर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनको कोरोना कोभिड–१९ भाइरस परीक्षण भई नसकेकाले हिरासतको छुट्टै कोठामा आइसोलेसनमा राखिएको थियो । ट्वालेटमा छिरेर ननिस्किएपछि प्रहरी अधिकारीले उनलाई बोलाएका थिए । यद्यपि, नबोलेपछि गएर हेर्दा झुण्डिएका अवस्थामा भेटिएका उनलाई तत्काल पाटन अस्पताल लगिएको थियो । पछि अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरेको थियो।
आजै कार्यालयको नवनिर्मित ब्यारेक भवनको प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।