प्रधानमन्त्री ओलीलाई राजिनामा नदिन सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मन्त्री तथा स्थायी कमिटीका सदस्यहरुले उनलाई प्रधानमन्त्रीको पदबाट राजिनामा नदिन सुझाएका छन् । प्रधामन्त्री ओलीले आज बिहान आफ्नै निवास बालुवाटार बोलाएको बैठकका सहभागी नेताहरुले उक्त सुझाव दिएका हुन् ।

बैठकपछि संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगश भट्टराईले बैठकका सहभागीहरुले इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्न सुझाव दिएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै मन्त्री भट्टराईले बैठकका सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन सुझाब दिएको उल्लेख गरेका छन् ।

त्यसैगरि पार्टीभित्र देखा परेको विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रम ओलीलाई बैठकका सहभागीहरुले सुझाब दिएका उनले जनाएका छन् ।

पार्टीभित्रको आन्तरिक कलह तर्फ संकेट गर्दै चिज साकारत्मक दिशामा जाने आशा रहेकोले प्रोक्सी वार बन्द गर्न उनले अनुरोध गरेका छन् । प्रधामन्त्री ओलीले बाँकी नेता र सदस्यहरुसँग पनि परामर्श गर्ने बताएको उल्लेख गर्दै नेता भट्टराईले त्यसलाई प्रधामन्त्रीको सकरात्मक कदम भनेका छन् ।

पार्टीको स्थायी समितिको मंगलबारको बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले बुधबार बिहानै मन्त्रीसहित केही नेताहरुलाई बालुवाटार बोलाएका थिए । दुवै पदवाट राजीनामा दिनुपर्ने माग उठेपछि प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *