काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ।
उपचारका क्रममा काठमाडौंको शहिद गंगालाल ह्रदययरोग केन्द्र बाँसवारीमा बुधबार बिहान उनको निधन भएको हो ।
एक साताअघि मुटुको भल्ब ब्लक भएपछि उनको शल्यक्रिया गरिएको थियो । छन्त्याल मुटुमा समस्या देखिएपछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेशन गर्ने सम्बन्धी बैठकमा सहभागी हुन सकेकी थिइनन् ।
उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित सांसद थिइन् । त्यसपछिको निर्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको थियो ।
छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन् ।