काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सबै सदस्यहरुलाई बिहानै बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् । बालुवाटारमा अहिले बैठक चलिरहेको छ ।
प्रधामन्त्री ओलीले गम्भीर कदम चाल्ने संकेत देखिएको छ । स्रोतका अनुसार अहिलेको संसद अन्त्य गरेर दल विभाजनसम्बन्धी यसअघि फिर्ता गरिएको अध्यादेश पुनः ल्याउने विषयमा छलफल हुनसक्ने स्रोतले बताएको छ ।
पार्टीको स्थायी समितिको मंगलबारको बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले बिहानै मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् । दुवै पदवाट राजीनामा दिनुपर्ने माग उठेपछि प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।